ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रभु क्यापिटलमा प्रभु लिटिल च्याम्स योजना

२०७८ भदौ, ३०  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । प्रभु क्यापिटलले मंगलबार परेको बाल दिवस अवसरमा स–साना नानीबाबुलाई लक्षित गरेर प्रभु लिटिल च्याम्स (पीएमएस) योजना सुरु गरेको छ । योजनाअन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका बालबालिकाको सुरक्षित भविष्यका लागि लगानी गर्न चाहने सेवाग्राहीलाई लगानी व्यवस्थापन सेवा उपलब्ध गराउनेछ ।

बालबालिका यो योजनामा सेवा लिन जोडिएपछि क्यापिटलले एउटा पीएमएसबापत १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च बेहोर्नेछ । प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत  सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा योगदान गर्ने उद्देश्यले सुरु गरेको यो योजनामा जोडिएर अभिभावकले आफ्ना छोराछोरीको उज्ज्वल भविष्यलाई लगानी व्यवस्थापन सेवामा लैजान सक्ने कम्पनीले बताएको छ ।

‘हजुरको छोराछोरीका लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’ नारासहित सञ्चालन गरिने यो योजनालाई क्यापिटलले ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा  सञ्चालन गर्नेछ । योजनाको न्यूनतम लगानी अवधि ५ वर्ष रहेको छ । वार्षिक व्यवस्थापन शुल्क (एएमसी) २ प्रतिशत रहेको छ भने मुनाफामा लाग्ने शुल्क २० प्रतिशत छ । योजनाको अवधि ५ वर्षको हुनेछ ।

न्यूनतम लगानी अवधिपछि नाफा वितरण गरिने कम्पनीले जनाएको छ । गरिब तथा पिछडिएका बालबालिकालाई १ वर्षका लागि सम्पूर्ण विद्यालय खर्च कम्पनीले बेहोर्नेछ । सेवाग्राहीले आफ्नो लगानी व्यवस्थापन प्रक्रियाबारे अनलाइनबाटै दैनिक हेर्ने सक्नेछन् भने साप्ताहिक रूपमा दिइएको इमेलमा प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्न सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्