ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा नेप्से परिसूचक ३.९४ अंकले बढ्यो

२०७८ भदौ, ३०  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक प्रि - ओपन सेसनमा अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ९४ अंक बढेको छ ।

प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ९३३ दशमलव २३  विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २५ ओटा कम्पनीको ३ हजार ७२३ कित्ता शेयरको रू. २५ लाख २ हजार ९११ बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री सानिमा लाइफ इन्स्योरेन्सको भएको छ । उक्त कम्पनीको रू. ११ लाख २८ हजार बराबरको शेयर खरीदविक्री  भएको हो ।

त्यसैगरी  सो अवधिमा कारोबारमा आएका २५ ओटा कम्पनीमध्ये १७ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने चार ओटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्