ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नागरिक लगानी कोषको संस्थापक शेयरको लिलामीमा आवेदन गर्ने अन्तिम दिन बिहीवार

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैंकिङ्ग समय सम्म रहेको छ । 

कम्पनीले कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर भदौ २१ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २९४ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकी बोलपत्र पेश गर्न सकिनेछ ।

लिलामी आवेदन एनआईसी एशिया क्यापिटल बबरमहल, एनआईसी एशिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यलयहरु विराटनगर,वीरगञ्ज पोखरा,बुटवल धनगढी र सुर्खेतबाट पेश गर्न सकिने छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्