ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एक्सेल डेभलपमेण्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने बिहीवार अन्तिम दिन 

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (भदौ ३१ गते) सम्म रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १ गते देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएसँगै भदौ ३१ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । 

कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश वितरणको लागि कम्पनीले आगामी असोज १६ गते साधारण सभा आयोजना गरेको छ । 

सभा सिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११ बजे बोलाएको कम्पनीले जानकारी गराएको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्