ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आरएमडिसी लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार (भदौ ३१ गते) सम्म रहेको छ । 

बैंकले भदौ २१ गतेदेखि कम्पनीको ३ लाख ५ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीदको लागि कम्पनीको न्यूनतम शेयर मूल्य रू. ५४१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने जानकारी गराएको छ । विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्