ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सानिमा लाइफ इन्स्योरेन्सको सर्वाधिक १२ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौं ३०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको सवा दुई घण्टामा कारोबारमा आएका २१६ ओटा कम्पनीमध्ये सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सर्वाधिक खरीदविक्री भएको छ । 

सो अवधिमा कम्पनीको रू. १२ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार  तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०१ मा कारोबार भइरहेको छ । कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएको बुधवार अर्थात् आज १०औं दिन हो । 

कारोबारमा आएकै दिनदेखि नवौं दिनसम्म पोजेटिभ सर्किट लागेको कम्पनीको शेयर बुधवार भने घटेको छ । कम्पनीको शेयरमूल्य वृद्धि भएसँगै आईपीओमा परेको शेयर विक्री गर्ने हावी हुँदा शेयरमूल्य घटेको हो । 

साथै, बजार बुलिस ट्रेण्डमा रहेकाले अझै बढ्ने आशमा शेयर खरीद गरिहेका छन् भने कतिपयले आईपीओमा परेको शेयर विक्री गरेकाले यस कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्