ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सामलिङ पावरको आईपीओमा आवेदन दिने अन्तिम म्याद शुक्रवारसम्म 

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । सामलिङ पावर कम्पनीले स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन शुक्रवारसम्म रहेको छ ।

कम्पनीले भदौ १८ गतेदेखि  इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख कित्ता आईपीओमा विक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभाभित क्षेक इलाम नगरपालिका वडान ८ र १० तथा माईजोगमाई गाउँपालिकाका वडा नं ४ र ५ का स्थानिय बासिन्दाका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर छुट्याएको छ । 

बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानियका लागि छुट्याइएको छ ।  असोज १ गतेसम्म सम्पूर्ण शेयर विक्री नभएमा असोज १७ गतेसम्म खुला रहने कम्पनीले बताएको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक,एनएमबि बैंक,नेपाल एसबिआई बैंक,सिभिल बैंक र लक्ष्मी बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले इलाम जिल्लामा माइबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्