ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गरिने

२०७८ भदौ, ३०  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका (संखुवासभा जिल्ला) बीच मंगलवार काठमाडौंमा सम्झौता भएको छ । 

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका हुन् । 

सम्झौतापछि अब राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम सञ्चालन गर्नेछ । 

साथै, तालिम प्राप्त उद्यमीहरुलाई आवश्यकता अनुसार बैंकले नियमानुसार सहुलियपूर्ण कर्जामा लगानी गर्ने जानकारी दिइएको छ ।

कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख डा बाबुराम ढुंगाना, बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु राज्य लक्ष्मी खड्गी, सरोज वस्नेत लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्