ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विश्व बैंकसँग ५ अर्ब ८७ करोड बराबरको ऋण सम्झौता     

२०७८ भदौ, ३०  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करीब ५ अर्ब ८७ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा बुधवार भएको एक समारोहबीच उक्त ऋण सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जार्भाेसले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले बैंकले दिने वित्तीय सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताए । विशेषगरी कोभिड–१९ महामारीपछि विद्यालय र स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैंकले गर्ने वित्तीय सहयोग प्रभावकारी हुने उनको भनाइ छ । ‘विद्यालय र स्वास्थ्य क्षेत्रमा कोभिड–१९ ले निकै प्रभाव पारेको छ,’ उनले भने, ‘यी दुई सम्झौता यी क्षेत्रको पुनरुत्थानमा महत्त्वपूर्ण सिद्ध हुनेछन् ।’

स्वास्थ्य क्षेत्रमा बैंकले दिने सहयोगले स्वास्थ्य क्षेत्रका कार्यक्रम गरी दक्ष, प्रभावकारी, पारदर्शी र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास मरासिनीले व्यक्त गरे । त्यस्तै विद्यालय क्षेत्र सुधार कार्यक्रमले सबल मानव पूँजी विकास गर्न उत्प्रेरकको काम गर्ने उनले बताए ।

समारोहमा विश्व बैंकका राष्ट्रिय निर्देशक जार्भोसले यस किसिमका सहकार्यले नेपालको शिक्षा तथा स्वास्थ्य प्रणालीलाई समावेशी र उत्थानशील बनाउन योगदान गर्ने विश्वास व्यक्त गरे । साथै स्वास्थ्य सेवामा सबैका लागि समान पहुँच सुनिश्चित गर्ने र किशोरकिशोरीरूलाई समावेशी शिक्षा प्रदान गर्ने नेपालको लक्ष्य प्राप्त गर्न सम्झौताले मद्दत पु¥याउने उनले बताए ।

विश्व बैंकले दिने ऋण सहयोगले नेपालको विपन्न वर्गलाई लक्षित गरी छात्रवृत्ति, विज्ञान छात्रवृत्ति दिई शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न मद्दत पुग्ने बताइएको छ । यस्तै बीचमै विद्यालय छाड्नेको संख्या कम गर्न टेवा विश्वास व्यक्त गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा गरिएको सहयोगबाट नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम गरिनेछ, जसले सार्वजनिक खरीद, वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नता आदि क्षेत्रमा सुधार गर्न सघाउनेछ । विश्व बैंकले नेपालको शैक्षिक तथा विभिन्न क्षेत्रको सुधारका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्