ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

फोन पेमा मर्चेन्टको संख्या पुग्यो ५ लाख

२०७८ भदौ, ३०  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडमा मर्चेन्टको संख्या ५ लाख पुगेको छ । 

स्थापनाको दुई वर्षमै फोन पेमा मर्चेन्टको संख्यामा उल्लेख्य वृद्धि भएको हो । कम्पनीले सेवा शुरू गर्ने बित्तिकै कोभिड-१९ महामारीका कारण लामो समय लकडाउनमा बस्नु परेपनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको कम्पनीले बताएको छ ।

हाल फोन पेको क्यूआरमार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड रुपैयाँभन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोन पे डाइरेक्ट लगायत गरी दैनिक १ अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सात ओटै प्रदेशमा पुगेसकेको छ । ६० प्रतिशत मर्चेन्ट बाग्मती प्रदेशमा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएको कम्पनीले बताएको छ ।

फोन पे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो, जसले ग्राहक, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट तथा सरकारलाई एउटै इन्टरनेट नेटवर्कमा जोड्छ । भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्‍याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्