ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थप १७६० जनामा कोरोना संक्रमण पुष्टि,१२२० जना संक्रमणमुक्त   

२०७८ भदौ, ३०  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप १ हजार ७६० जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार १२ हजार ५२४ ओटा पीसीआर परीक्षण गर्दा १ हजार ३३२ जना र ४ हजार ३२० ओटा एन्टिजेन परीक्षण गर्दा ४२८ जना गरी कुल १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा १हजार २२० जना संक्रमणमुक्त भएका छन् भने सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाको सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ ।

 सो अवधिमा काठमाडौं उपत्यकामा ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ३६० जना, ललितपुर जिल्लाका ७२ जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण फेला परेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्