ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल राष्ट्र बैंकले सोमवारदेखि नयाँ नोट वितरण गर्ने

२०७८ भदौ, ३०  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गते अर्थात् सोमवारबाट नयाँ नोट वितरण गर्ने भएको छ । 

केन्द्रीय बैैंकले एक सूचना जारी गर्दै वाणिज्य बैंकहरुका तोकिएका शाखाहरुबाट नयाँ नोट वितरण गर्ने जानकारी दिएको छ ।

केन्द्रीय बैंकले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाका वाणिज्य बैंंकका तोकिएका शाखा कार्यालयबाट नोट सटही सुविधा लिन सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ । 

उपत्यका बाहिरको हकमा भने प्रदेशस्थित कार्यालयमा वा वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयमा गएर नोट सतही गर्न बैंकले अनुरोध गरेको छ ।

साथै, नोट सटही गर्न जाँदा स्वाथ्य सम्बन्धि मापदण्ड र सामाजिक दूरीको पूर्ण पालना गर्न समेत बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्