ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रतिस्थापन विधेयकपछि परेको प्रभावबारे नाडा तथा अर्थमन्त्री बीच छलफल

२०७८ भदौ, ३०  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालको प्रतिनिधिमण्डलले बुधवार प्रतिस्थापन विधेयकबाट परेको प्रभावबारे अर्थमन्त्रीको धयनाकर्षण गराएको छ ।

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बजेट प्रतिस्थापन विधेयकले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे अर्थमन्त्री जनार्दन शर्मालाई भेटी ध्यानाकर्षण गराएको हो ।

उक्त अवसरमा उपाध्यक्ष चौधरीले एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्त : शुल्क महशुलमा ५० प्रतिशत छूट दिने व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताएका थिए। उनले एसेम्बल कति पाटर्समा आउनुपर्ने हो, कुन पार्टस एसम्बलिङ हो, सरकारले त्यसको स्पष्ट वर्गीकरण गर्नुपर्ने पनि बताए ।

उनले नेपालमा गुणस्तरीय लुब्रिकेण्टसको आयात र उत्पादनका लागि सरकारले सोहीअनुरुप नीति ल्याउनुपर्ने आग्रह गर्दे सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

यसैगरी उनले नेपालको उद्योग व्यवसायको प्रवर्द्धनका लागि नीतिमा स्थिरता हुनुपर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा नाडालाई पनि मुख्य स्टेक होल्डरको रुपमा लिनुपर्ने बताए।

सो अवसरमा अर्थमन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउँदै सोहीअनुरुपका नीति ल्याइएको बताए। यसबाट थप रोजगारी मात्र सृजना हुने नभइ दक्ष जनशक्ति तयार हुने, लगानी र उत्पादन पनि बढ्ने भन्दै अन्ततः सरकारको उद्देश्य जसरी पनि देश बनाउनु रहेको बताए।

उद्योग व्यवसाय क्षेत्रको समस्या समाधानका लागि सरकारले कर पुनरावलोकन आयोगसमेत गठन गर्न लागेको उनले बताए। कार्यक्रममा नाडाका केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति तथा दुगड ब्रदर्स एण्ड सन्सका प्रबन्ध निर्देशक विवेक दुगडलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्