ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बैंकिङ कसूर मुद्दाका फरार दुई जना अभियुक्त पक्राउ  

२०७८ भदौ, ३०  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं ।बैकिङ कसूर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका(२९ बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ र काठमाडौं महानगरपालिका- १४ बल्खु बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका- १ घर भएका ४८ वर्षीय प्रकाश श्रेष्ठलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले दुवै जना अभियुक्तलाई काठमाडौंको असन र रुपन्देहीबाट पक्राउ गरेको हो ।
उक्त मुद्दामा बिनमलाई अदालतबाट ७ दिन कैद र १७ लाख ६५ हजार रुपैयाँ जरिवाना र प्रकाशलाई ५ दिन कैद र ११ लाख ५० हजार जरिवाना तोकिएकोमा उनीहरू फरार रहेका थिए ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितहरूलाई झुक्यानमा पारी बैंक अफ काठमाण्डू र सिद्धार्थ बैकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।  

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्