ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बेष्ट फाइनान्सको २४औं वार्षिक साधारण सभा सम्पन्न

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भादौ ३०, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा आज (बुधवार) सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

साधारण सभाले आर्थिक वर्ष २०७६//७७ को वित्तीय विवरण पारित गर्नुका साथै कम्पनीलाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, उक्त सभाले संस्थापक शेयरधनी तर्फको सञ्चालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको सञ्चालकमा राम श्रेष्ठ र खिमलाल पौड्याललाई नियुक्त गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्