ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

शुक्रवारदेखि गुण एयरलाइन्सले भरतपुर–काठमाडौं सेवा शुरु गर्ने 

२०७८ भदौ, ३०  
वाग्मती प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, चितवन । यति एयरलाइन्सले आफ्नो सेवा बन्द गरेपछि गुण एयरलाईन्सले भरतपुर–काठमाडौं–भरतपुर सेवा दिने भएको छ । एयरलाइन्सले उडानको लागि अनुमति लगायत सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । दशैंलाई लक्षित गर्दै एयरलाइन्सले पहिलो पटक भरतपुरबाट सेवा दिन लागेको हो । 

एयरलाइन्सका कर्मचारी कुलराज शर्माले उडानको लागि सबै तयारी पूरा भएको जानकारी दिए । ‘हाम्रो लगभग सबै काम पूरा भएको छ र टिकट बुकिङ पनि शुरु गरेका छौं, उनले भने, असोज १ गतेबाट उडानको पक्का पक्की भइसकेको छ ।’ शुरुवाती क्षणमा एयरलाइन्सले एउटा मात्र उडानबाट सेवा शुरु गर्नेछ । हामीले शुरुमा १८ सिटे एउटा फ्लाईटबाट सेवा शुरु गर्नेछौं, शर्माले भने, यात्रुको चाप अनुसार उडान थप गर्दैछौं ।’ उनले भने । 

विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले गुण एयरलाइन्सले उडान अनुमति लिइसकेको र फ्लाईट सेड्युल पनि आइसकेको बताए । ‘फ्लाईट सेड्युल पनि आईसकेको छ, असोज १ गतेबाट सेवा शुरु हुन्छ ।’ कुँवरले भने ।  यात्रुहरुको चाप अत्यधिक बढ्दै गईरहेको भन्दै कुँवरले गुण एयर सञ्चालनमा आएसँगै यात्रुहरुलाई केही राहत मिल्ने बताए । 

असोज १ गते बिहान साँढे १० बजे काठमाडौंबाट भरतपुर उडान हुने समय तालिका रहेको छ । पछि समयतालिका हेरफेर गर्न सकिने बताइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्