ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योग संगठन मोरङको स्टार्टअप परामर्श भेला

२०७८ भदौ, ३१  
प्रदेश ०१
Chelsea International NA

विराटनगर (अस) । उद्योग संगठन मोरङले सुरु गरेको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत छनोट भएका स्टार्टअपलाई लक्षित गरी दुई दिने परामर्शदाता भेला सम्पन्न गरेको छ ।

व्यावसायिक योजना तर्जुमा, व्यवसाय दर्ता, कानुनी, प्रशासनिक, प्राविधिक, गुणस्तर मापदण्ड, बजारीकरण, मानव स्रोत व्यवस्थापन, वित्तीय व्यवस्थापन, बजारीकरणलगायत विषयमा जानकारी दिन भेला आयोजना गरिएको हो ।

संगठनका अध्यक्ष सुयश प्याकुरेलले परामर्शदाता छनोट भएका विभिन्न क्षेत्रका विज्ञ, सफल उद्यमी, विषय–विज्ञ प्राविधिक, वरिष्ठ वित्तीय विश्लेषक, चार्टर्ड एकाउन्टेन्ट, कानुन विज्ञले आ–आफ्नो विशेषज्ञताका आधारमा स्र्टाटअपलाई परामर्श सेवा उपलब्ध गराउन सहमति जनाएकामा खुसी व्यक्त गरे । नवीन सोच र आइडियालाई व्यावसायिक विकास रुपान्तरणमा सहयोग पुर्‍याउनु सबैको दायित्व भएको उनको भनाइ छ । प्याकुरेलले विकसित मुलुकमा स–सानो लगानीबाट थालिएका स्टार्टअपले विश्वभर आफ्नो व्यवसाय विस्तार गरेको उदाहरण प्रस्तुत गरे ।

स्टार्टअप समिति संयोजक सुरेन्द्र गोल्छाले संगठनले सुरु गरेको स्र्टाटअप तथा इनोभेसन कार्यक्रमले व्यावसायिक सेवाको इकोसिस्टमको विकास गर्न सफल प्रणाली विकास गर्ने विश्वास व्यक्त गरे ।

व्यावसायिक विकासका लागि संगठनबाट छनोट हुने स्टार्टअपमा लगानीको व्यवस्थापन गर्न भेन्चर क्यापिटल, एन्जेल क्यापिटललगायतमा लगानीकर्ताबाट सहजीकरण र समन्वय गर्नुका साथै स्टार्टअपको आवश्यकताअनुसार नमुना उत्पादन, प्रयोगशाला परीक्षण तथा अनुसन्धानका लागि साझेदार संस्थामार्फत सेवा उपलब्ध गराइने जानकारी दिए ।

समितिका सह–संयोजक बिजु थपलियाले मेन्टर्स र स्टार्टअप व्यवसायीको सम्बन्ध विस्तार गरी व्यावसायिक  विकास र हितमा उपयोग गर्न दुईदिने मेन्टर्स मिटले सहयोग पुर्‍याउने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्