ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रवारदेखि खुला

२०७८ भदौ, ३१  
प्रदेश ०५
Image Not Found

भदौ ३१, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रवारदेखि खुल्ने भएको छ । 

स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । 
जंगल वाक,  र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतीक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्ने लगायत मापदण्ड बनाइएको श्रेष्ठले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्