ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नदीमा पानी घट्दो, जलविद्युत् आयोजनाहरू जोखिममा

२०७८ असोज, १  
१० वर्ष अघि
NA

नेपालका अधिकांश नदीको पानी विगत १० वर्षयता ३५ प्रतिशतभन्दा धेरै घटेको छ । नदीमा पानी नै नभए पछि प्रायः सबै ठूला जलविद्युत् आयेजनाहरू प्रभावित हुनेछन् । त्यसमा अहिलेसम्म भएको र हुने अर्बौ लगानी खेर जाने जोखिम अत्यधिक बढेको छ । पानीको बहाव मापनको आधार कोशी, नारायणी र कर्णाली नदीलाई मानिएको छ । यी बेसिनमा गरिएको बहाव मापनले गत वर्ष नदीमा पानीको मात्रा २६ वर्षयताकै सबैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

दस वर्षयता पानीको बहावमा ठूलो कमी आएको विभागको निष्कर्षमा विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक डा. जीवेन्द्र झा पनि सहमत छन् ।

विगत केही वर्षअघिदेखि पानी निरन्तर घट्दै गएको र तीन वर्षयता भने अत्यधिक घटेको विभागका हाइड्रोलोजिस्ट इन्जिनियर लेखनाथ बगाले बताउँछन् । नारायणी बेसिन अन्तर्गतको कालिगण्डकीमा २६ वर्षअघि ३५ हजार घनमिटर प्रतिसेकेन्ड रहेको पानीको बहाव गत वर्ष ९ हजारमाा झरेको छ । त्यस्तै, कास्की जिल्लाको मादी खोलाको पानी ६ वर्षयता २१ सय घनमिटरले घटेको छ । मादी खोलाबाट विभिन्न कम्पनीले करिब ८० मेगावाट विद्युत् उत्पादनका लागि अनुमति लिएका छन् । विद्युत् प्राधिकरणले मादीको
विद्युत् खरिदका लागि पीपीएसमेत गरिसकेको छ । तर पानीको मात्रा र बहावमा आएको ठूलो कमीका कारण मादी मात्र नभई अन्य जलविद्युत् आयोजनाहरूको समेत संकटमा पार्ने देखिएको छ । मादी तथा कालिगण्डकीलगायत प्रायः सबै नदीमा पानीको बहाव घटेको छ ।

अंक ३७, २०६७, जेठ ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्