ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेची नगरद्वारा नदीजन्य पदार्थ उत्खननमा पुनः रोक

२०७८ असोज, २  
प्रदेश ०१
Image Not Found

असोज २, झापा । झापाको मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले शुक्रवार सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो । 

विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महीनामा मात्र सो कार्यमा रोक लगाउँदै आएको छ ।

नगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए । 

उनले नदीजन्य पदार्थ उत्खनन भए/नभएबारे अनुगमन गर्न १५ ओटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई समेत आग्रह गरेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्