ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुदूरपश्चिम विश्वविद्यालय : पछिल्ला पाँच वर्षको बेरुजु ५ करोड ७८ लाख  

२०७८ असोज, २  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असोज २, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा बेरुजुको चाङ बढ्दै गएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार सुदूरपश्चिम विद्यालयको बेरुजु वर्षेनी बढ्दै गईरहेको पाइएको छ । महालेखाका पछिल्ला पाँच प्रतिवेदन अनुसार सुदूरपश्चिम विश्वविद्यालयको बेरुजु पाँच करोड ७८ लाख ६ हजार रहेको छ । 

सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानूनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजुको रुपमा लिइन्छ । आर्थिक कारोबारको हिनामिना र आर्थिक अनुशासनहीनताको उपजका रूपमा लिईने बेरुजु विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायमा बढ्दै जान थालेपनि पारदर्शिता माथि प्रश्न उठ्न थालेको छ । 

महालेखा परीक्षकको ५८ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्रै विश्वविद्यालयको बेरुजु २ करोड ५२ लाख ६८ हजार देखिएको छ । जसमा असुल गर्नुपर्ने ६ लाख ४५ हजार, अनियमित भएको ३७ लाख ८१  हजार र कागजात नपुगेको २ करोड ८ लाख ४२ हजार रुपयाँ रहेको छ । 

केन्द्रीय कार्यालय, सेवा आयोग, परीक्षा नियन्त्रण कार्यायल, संकाय विभाग तथा आंगिक क्याम्पस सहित ३१ ओटा निकायमा लेखा परीक्षण गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

८८ वडा शिक्षक/कर्मचारी रहेको विश्वविद्यालयमा अघिल्लो आवमा ४४ करोड ३३ लाख खर्च गरिएको छ । विश्वविद्यालय ऐनको दफा ३ मा विश्वविद्यालयले आफ्नो आयव्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणली अनुसार राख्नु पर्ने र ताकिए बमोजिम आन्तरिक नियतन्त्रण प्रणाली प्रणालीको व्यस्थापन गर्नुपर्ने व्यवस्था भएपनि ऐन लागू भएको नौ वर्षसम्म पनि लेखाको ढाँचा नतोकेको, लेखाका नीतिहरु तयार नगरेको र आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गरेका नगरे महालेखाले जानकारी दिएको छ । 

साथै, विश्वविद्यालयले सार्वजनिक लेखा अनुसार लेखा र वित्तीय विवरणको ढाँचा तोकि कार्यान्वयमा ल्याउन महालेखा सुझाएको छ । त्यस्तै महालेखाको ५७ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७५/७६ मा सुदूरपश्चिम विश्वविद्यालयको बेरुजु १ करोड १३ लाख ६ हजार रहेको छ । जससमा अनियमित २८ लाख ३५ हजार, प्रमाण नपुगेको ८४ लाख ७१ हजार र असुल उपर गर्नुपर्ने ८ लाख १३ हजार रहेको छ । 

महालेखाको ५६ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/७५ मा विश्वविद्यालयको बेरुजु ९३ लाख ८४ हजार रहेको उल्लेख छ । जसमा अनियमित ९१ लाख ६८ हजार, प्रमाण नपुगेकोमा १ लाख ८० हजार र अन्य असुल उपर गर्नुपर्ने रकम छ । भने अािर्थक वर्ष २०७३/७४ को बेरुजु ७४ लाख ७५ हजार रहेको महालेखाको ५५ औं प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, आव २०७२/७३ मा २१ करोड २५ लाख ६५ हजार रकमको लेखा परीक्षण गरिएको ४३ लाख ७३ हजार बेरुजु देखिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको ५६औं प्रतिवेदन अघिको बेरुजु मात्रै ३ करोड २३ लाख ३१ हजार रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्