ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योगी सत्यनारायण क्याललाई प्रवल जनसेवाश्री पद्वी 

२०७८ असोज, ३  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३, वीरगञ्ज । औद्योगिक तथा व्यावसायिक घराना क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्याल प्रवल जनसेवाश्री पद्वीबाट विभुषित हुने भएका छन् । 

संविधान दिवसको अवसरमा उनलाई सरकारले सो पद्वी दिएको हो ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्योगी क्याललाई सो पद्वी प्रदान गरिने घोषणा भएको हो । क्याल विगत तीन दशकभन्दा लामो समयदेखि उद्योग व्यापारका क्षेत्रमा सक्रिय छन् । 

औद्योगिक तथा आर्थिक शहर वीरगञ्जलाई आधार बनाएर उद्योग व्यापारमा सक्रिय क्यालले उद्यम व्यापार र समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाले सरकारले सो पद्वी प्रदान गर्न लागेको हो । उद्योग, व्यापार, वित्तीय तथा स्वास्थ्य सेवाका क्षेत्रका क्रियाशील उनले समाज सेवामा अग्रणी योगदान दिंदै आएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्