ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पर्यटन क्षेत्र पुनरुउत्थानका लागि कञ्चनपुरका सरोकारवालाको जोड

२०७८ असोज, ३  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३, महेन्द्रनगर । कोरोना संक्रमणका कारण धरासायी बनेको पर्यटन क्षेत्र पुनरुउत्थानका लागि कञ्चनपुरका सरोकारवालाले जोड दिएका छन् । 

होटल व्यावसायी संघ कञ्चनपुरको आयोजनामा विभिन्न होटल व्यावसायी महासंघसँग आवद्ध देशभरीका विभिन्न जिल्लाका पर्यटन व्यावसायीहरुको सहभागीतामा होटल तथा पर्यटन क्षेत्रको पुनरुउत्थानका लागि बृहत अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो । शुक्रवार महेन्द्रनगरमा आयोजना गरिएको  अन्तर्क्रिया कार्यक्रममा कोभिडपछि घरासायी बनेको पर्यटन व्यवसायलाई तत्काल पुनरुउत्थान गर्नुपर्नेमा जोड दिइएको छ । 

होटल व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले पर्यटन पुनरुउत्थानका लागि सरकारबाटै स्पष्ट नीति तथा कार्यक्रम आउनु पर्नेमा जोड दिए । उनले पश्चिमबाट शुरु भएको पर्यटन पुनरुउत्थानको प्रयासले नयाँ लगानी र व्यावसाय जागरणको अभियान शुरु हुने बताए । 

साथै, उनले कोरोनाले पर्यटन क्षेत्र धरासायी बनेकोले यसको पुनरुत्थानका लागि सबै सहज वातावरण र स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।

त्यस्तै नाटा सुदूरपश्चिमका अध्यक्ष एवम् आन्तरिक पर्यटन पुनरुउत्थान समिति संयोजक माया प्रशास भट्टले पर्यटन पुनरुउत्थाका लागि छलफल गर्नुपर्ने बेला आएको बताए । सुदूरपश्चिम पर्यटकीय सम्भावनको क्षेत्र भएकोले थप पूर्वाधार विकास र मार्केटिङमा जोड दिनुपर्ने उनको भनाइ छ । 

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले कोरोना करहले धरासायी बनेको होटल र पर्यटन क्षेत्रको पुनरुउत्थानका लागि विचार गोष्ठीको आयोजना गरिएको बताए । उनले कोरोनाले पर्यटन व्यवसाय ठूलो क्षती भएकाले सरकारले सबै क्षेत्रलाई समेट्न गरि प्याकेजमै नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताए । विशेषगरी सरकारले ल्याउने कार्यक्रममा ठूला व्यावसायिक क्षेत्रले मात्रै लाभ पाउने गरेकाले साना तथा मझौता लगानी सञ्चालित व्यवसाय पनि त्यसको दायरामा पर्ने उनको भनाइ छ । 

होटल व्यवसायी संघ कञ्चनपुरले महासंघको केन्द्रीय बैठकको पुर्वसन्ध्यामा महेन्द्रनगरमा बृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । महासंघको चौथो केन्द्रीय कमिटि बैठक शनिवार महेन्द्रनगरमा सम्पन्न भएको छ । 

उक्त अन्र्तक्रिया कार्यक्रममा पर्यटन क्षेत्रको पुनरुउत्थाका लागि प्रदेश तथा स्थानीय सरकार जनप्रतिनिधिबाट संघले प्रतिवद्धता खोज्नुका साथै यस बारेका भावी योजना निर्माणमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम गरिएको अध्यक्ष भट्टको भनाइ छ । साथै सीमा नाकालाई सुरक्षित र व्यवस्थित बनाए पर्यटन आवागमनलाई सहज बनाउन पर्ने उनको माग छ ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन पर्यटन तथा वातावरणमन्त्री सन्तोष धामीले पर्यटन व्यवसाय पुनरुउत्थानका लागि सरकारले पहल गर्ने बताए । उनले पर्यटन अर्थतन्त्र विकासको मेरुदण्ड भएको उल्लेख गरे । ‘सुदूरपश्चिम पर्यटकीय सम्भावन बोकेको क्षेत्र हो, हामीसँग पर्यटक भित्र्याउने कलाको अभाव छ, प्रदेश सरकारले पनि पर्यटन विकासका लागि काम गरिरहेको छ’ उनले भने । 

त्यस्तै कोरोनाबाट प्रभावित व्यावसायका लागि ब्याज अनुदान दिने नीति तथा कार्यक्रम ल्याएको उनको भनाइ छ । व्यावसाय पुनरुउत्थान र बीउ पूँजी निर्माणका लागि प्रदेश सरकारले व्यावसायीलाई सहयोग गर्ने उनले प्रतिवद्धता समेत जनाए । 

साथै नेपालभरीका व्यवसायीहरुको सहभागीता कञ्चनपुरमा पर्यटन पुनरुउत्थानका लागि कार्यक्रम आयोजनाले देशभर पर्यटन पुनरुउत्थानका लागि सन्देश गएको उनको भनाइ छ । त्यस्तै भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महाकारीसँगैको अबको जीवनशैली बन्ने बताउँदै सुरक्षा र सतर्कता आपनाएर पर्यटन व्यावसायलाई पुनर्जीवन दिनुपर्ने बताए । 

उनले कोरोना कहर नियन्त्रणमा सीमा क्षेत्रमा रहेको भीमदत्त नगरपालिकाले महत्वपूर्ण जिम्मेवारी बहन गरेको स्मरण गराउँदै सीमालाई पूर्ण रुपमा नाकालाई पूर्ण रुपमा व्यवस्थित गरी पर्यटन आवागमनलाई सहज बनाउनु पर्नेमा जोड दिए । 

पर्यटन क्षेत्र अर्थतन्त्र विकासको हतियारको रुपमा रहेको बताउँदै नगर प्रमुख विष्टले भने ‘कोरोनाकाल पछिको विषम परिस्थितीमा हामी सबैले फाईब एसको आवधारणमा अघि बढ्न जरुरी छ, त्यसका लागि सहजता, सुरक्षित, समन्वय, सहकार्य र समृद्धी सँगसँगै लिएर जानुपर्छ ।’

भीमदत्त नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्यका लागि नगरपालिका तयार रहेको बताए ।

त्यस्तै वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले अन्तर्क्रियाबाट पर्यटन पुनरुउत्थानका लागि महत्वपूर्ण सुझाव आएको बताउँदै त्यसको कार्यान्वनका लागि सबै क्षेत्रसँगको सहकार्य आवश्यक रहेको जोड दिए । साथै वेदकोट नगरपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्