ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा १५ दिनदेखि तेलको भाउ स्थिर

२०७८ असोज, ३  
अन्तरराष्ट्रिय
Image Not Found

असोज ३, नयाँदिल्ली (भारत) । भारतमा इन्धनको भाउ १५ दिनदेखि स्थिर रहेको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः बढ्न थालेको भएपनि सरकारी तेल कम्पनीहरुले आइतवार लगातार १४ औं दिन पनि पेट्रोलियम पदार्थको भाउमा कुनै संशोधन गरेका छैनन् ।

मूल्यमा कुनै संशोधन गर्नु पूर्व तेल कम्पनीहरुले विश्वको तेल बजारको अवस्था पर्ख र हेरको नीति लिएका कारण भाउ स्थिर रहेको हो । भारतीय आयल कर्पोरेशन(आईओसी) का अनुसार पेट्रोल र डिजेलको भाउ प्रतिलिटर क्रमशः १०१ रुपैयाँ १९ पैसा र ८८ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस वर्षको अप्रिलयता ४१ पटक बढेसँगै इन्धनको मूल्य कीर्तिमानी स्तर आसपास रहँदै आएको छ ।अन्तरराष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७५ डलर आसपास छ ।एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्