ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रुकुममा सडकको २० किमी ट्र्याक निर्माण

२०७८ असोज, ४  
प्रदेश ०५
NA

रुकुपूर्व । सडक पूर्वाधार विकास कार्यालय रुकुमपूर्वले हालसम्म जिल्लामा २० किलोमिटरभन्दा बढी सडकका नयाँ ट्र्याक खुलाइएको छ । २०७६ पुस २४ मा जिल्लामा स्थापना भएको कार्यालयले हालसम्म २० किलोमिटर ४० मिटर सडकका नयाँ ट्र्याक खुलाएको हो ।     

यसैगरी १५ किलोमिटर ६४ मिटर सडक स्तरोन्नति गरिएको कार्यालयका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले जानकारी दिए । उनका अनुसार पुथाउत्तरगंगा गाउँपालिकाका सल्ली, बिसौना, काग्खोला र तीपई दोभानमा १२० मिटरभन्दा लामा तीन झोलुंगे पुल निर्माण गरिएको र भूमे गाउँपालिकाको दोमै दोभानको एउटा झोलुंगे पुलको मर्मत गरिएको छ । चारओटा सडक पुल निर्माणाधीन अवस्थामा रहेका र सिस्ने तथा भूमेको सिमाना बालुमा पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको कार्यालय प्रमुख महत्रा क्षेत्रीले बताए ।

आर्थिक वर्ष २०७२/७३ मै काम शुरू भए पनि अलपत्र रहेका ८० मिटर पुलको जिल्लामै कार्यालय स्थापना भएपछि ९० प्रतिशत काम भइसकेको छ । जिल्लाको रुकुमगाड खोलामा २५ मिटर लामो पुलको ५० प्रतिशत काम भएको छ भने सिस्ने गाउँपालिका–७ को नाथिगाड खोला र भूमे गाउँपालिकास्थित थबाङ खोलामा निर्माण हुने पुलको सम्झौतासमेत भइसकेको कार्यालयले बताएको छ । सम्पन्न भइसकेका र निर्माणाधीन अवस्थामा रहेका सहित हालसम्म योजनाका संख्या ३५ छ । आव २०७६/७७ र २०७७/७८ मा गरी ३६ करोड ७५ लाख २७ हजार बजेट विनियोजन भएकोमा अहिलेसम्म २७ करोड ९३ लाख ७२ हजार रुपैयाँ खर्च भइसकेको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्