ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए १०९५ जना कोरोना संक्रमित, ८ जनाको संक्रमणपछि मृत्यु

२०७८ असोज, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ४, काठमाडौं । नेपालमा विगत २४ घण्टामा १ हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा ९७५ जना  पीसीआर विधिबाट र १२० जना एन्टिजेन विधिबाट गरी कुल १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा २ हजार ९५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

हालसम्म संक्रमितको संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । डिस्चार्ज हुनेको संख्या ७ लाख ५२ हजार १७० रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण संख्या ४१ लाख ३ हजार ८८६ पुगेको छ ।

नेपालमा हाल कोरोनाको सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ८९१ जना होम आईसोलेशनमा र १ हजार ४३२ जना संस्थागत आईसोलेशनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्