ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कामसँग सम्बन्धित रोग र चोटका कारण वर्षेनी २० लाख जनाको मृत्यु 

२०७८ असोज, ४  
अन्तरराष्ट्रिय
Image Not Found
प्रतिनिधिमुलक तस्वीर

असोज ४, वाशिङ्टन डीसी (अमेरिका) । विश्वभर कामसँग सम्बन्धित रोग र चोटका कारण वर्षेनी २० लाख जनाको मृत्य हुने गरेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले संयुक्त रुपमा गरेको एक अध्ययनले यस्तो देखाएको हो । अध्ययनमा सन् २००० देखि सन् २०१६ को बीचमा कामसँग सम्बन्धित रोग र चोटसम्बन्धी तथ्यांकको अध्ययन गरिएको थियो । यस क्रममा सन् २०१६ मा १९ लाखले ज्यान गुमाएको देखिएको छ । 

अधिकांशमा स्वाशप्रस्वास र मुटुसम्बन्धी रोग पाइएको थियो । धेरैजसो मानिसहरुलाई उनीहरुको कामले नै मारेको देख्नु आश्चर्यजनक रहेको डब्ल्यूएओका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयियसले प्रतिवेदनमा बताएका छन् । 

आफूहरुले सार्वजनिक गरेको प्रतिवेदन कामदारको स्वास्थ्य र सुरक्षामा सुधार गर्न र काम गर्ने वातावरण सुरक्षित बनाउनका लागि देश तथा व्यवसायहरुलाई ‘वेक–अप’कल भएको उनले बताएका छन् । 

अध्ययनले १९ ओटा पेशागत जोखिम तत्वहरु खुट्याएको छ । कामसँग सम्बन्धित मृत्युमा लामो कार्य समयको अनुपात सबैभन्दा धेरै रहेको छ । सन् २०१६ मा ७ लाख ५० जनाको मृत्युको कारण लामो कार्यसमय रहेको बताइएको छ । 

हप्तामा ५५ घण्टा वा सोभन्दा बढी समय काम गर्नुलाई लामो कार्य घन्टाको रुपमा परिभाषित गरिएको छ । अध्ययनमा हृदयघात र मुटुसँग सम्बन्धित रोगहरुको विश्लेषण गरिएको थियो । सन् २००० यता यो संख्या बढ्दो क्रममा रहेको पाइएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्