ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

संक्रमण दर कम भएसँगै काभ्रे प्रशासनले आइतवारदेखि दैनिक सेवा शुरु गर्ने

२०७८ असोज, ५  
वाग्मती प्रदेश
Image Not Found

असोज ५, काभ्रेपलाञ्चोक ।जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो आइतवारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ । 

कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको पालना गर्ने क्रममा भीडभाड कम गर्न स्थानीय तहमा अनुसार सेवामा पालो–प्रणाली लागू गर्दै आएको थियो ।

कोरोना संक्रमणको जोखिम कम हुँदै गएकाले आउँदो आइतवारदेखि पालो–प्रणाली हटाई दैनिक सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार कार्यालयमा भीडभाड कम भएको हालको अवस्थामा कोरोना संक्रमणदर घटिरहे पनि सेवाग्राहीले स्वास्थ्य, सुरक्षाका मापदण्ड भने अपनाउनु पर्नेछ । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् ।

कार्यालयले हाल जिल्लामा १० दिन ‘मिक्स लकडाउन’ थपेको थियो । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठको विभिन्न मितिमा जिल्लाका आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।

यसैबीच काभ्रपलाञ्चोकको चार स्थानीय तह कोरोना संक्रमणमुक्त भएको छ । कोरोना संक्रमणमुक्त हुनेमा रोशी, तेमाल, खानीखोला र महाभारत गाउँपालिका छन् । 

हाल चौँरीदेउरालीमा एक र मण्डनदेउपुर नगरपालिकामा दुई संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी) ले जानकारी दिएको छ । केन्द्रका अनुसार शनिबार र आइतबार दुई दिन जिल्लामा थप संक्रमण नदेखिए पनि पछिल्लो २४ घण्टामा ३४ संक्रमित थपिएका छन् ।

सोमवार १४, आइतवार २६ र शनिवार १५ संक्रमित संक्रमणमुक्त भएको केन्द्रले जानकारी दिएको छ । जिल्लामा हाल १२१ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा ३५, पाँचखालमा २१, धुलिखेलमा १८, पनौतीमा १७, नमोबुद्धमा १५ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा पाँच संक्रमित रहेका छन् । 

जिल्लामा हालसम्म १४ हजार ४९६ मा संक्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल संक्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १८३ संक्रमणमुक्त भइसकेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्