ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ

२०७८ असोज, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ५, काठमाडौं । प्रतिलिपि अधिकार ऐन विरूद्धको कसूर गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका- ८ बस्ने अन्नपूर्ण मसला उद्योगका सञ्चालक ३० वर्षीय रोहित साह कानुलाई प्रहरीले आइतवार पक्राउ गरेको  छ । 

उक्त मसला उद्योगमा बढी नाफा कमाउने उदेष्यले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा विक्री बितरण गर्ने गरेको सूचनाको आधारमा प्रहरीले निजलाई पक्राउ गरेको हो ।

उक्त अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६५४ पोका, कच्चा मसलाहरू १० बोरा, मसला पिस्ने मेसिन १ थान र चाटकर उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू बरामद भएको पनि केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ ।

अभियुक्त उपर पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिइ प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्