ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा थप २६ हजार जना संक्रमित, २५२ जनाको मृत्यु      

२०७८ असोज, ५  
अन्तरराष्ट्रिय
Image Not Found

असोज ५,  नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप २६ हजार जना संक्रमित भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ संक्रमित थपिएको बताएको छ । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ३ करोड ३५ लाख ४ हजार ५३४ पुगेको अधिकारीहरुले बताएका छन् ।     
     
त्यसैगरी पछिल्लो एक दिनमा मृत्यु भएकाहरुको संख्या भने २५२ जना रहेको छ । योसँगै कुल मृतकको संख्या ४ लाख ४५ हजार ३८५ पुगेको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या भने ३ लाख ९ हजार ५७५ देखिएको छ । यो संख्या १८४ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।     
     
पछिल्लो एक दिनमा ३४ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितभन्दा संक्रमणणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको हो । रासस/ एएनआई  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्