ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ सूचीकृत, बुधवारबाट कारोबार शुरु

२०७८ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ५, काठमाडौं । मंगलवार नेप्सेमा मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ सूचीकृत भएको छ । 

कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता आईपीओ सूचीकृत भएको छ । अब यो शेयर बुधवारबाट कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९५ दशमलव ७५ देखि २८७ दशमलव २५ तोकेको छ । 

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३६ हजार २८६ कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ६८ हजार १४४ कित्ता र कम्पनीका संस्थापकहरुको लगानी २५ लाख ७७ हजार कित्ता गरेर कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचीकृत गराएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्