ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सडक सञ्जालले जोडियो चितवनको ढुंगे गाउँ

२०७८ असोज, ५  
वाग्मती प्रदेश
Image Not Found
फाइल फोटो

असोज ५, चितवन । गाउँमा पहिलोपटक मोटर पुगेपछि स्थानीयवासीले चालकलाई फूलको माला र अबिर लगाएर स्वागत गरेका छन् । 

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तल्लो ढुंगे गाउँमा सोमवार पहिलोपटक मोटर पुगेको थियो ।

‘गाउँमा गाडी चल्न सुरुआत भएसँगै  कृषि उत्पादन बजार पुर्‍याउन सजिलो हुने भयो । आयआर्जनमा समेत वृद्धि हुन्छ ।’ स्थानीयवासी यामबहादुर गुरुङले भने ।

गाउँमा सडक पुगेसँगै कृषि प्रवर्द्धनका लागि सरकारले तालिम तथा अनुदानको व्यवस्था गर्नुपर्ने यहाँका  स्थानीयवासीको माग छ ।  

विशेषगरी तरकारी खेतीका लागि उर्वरभूमि भए पनि सडक सञ्जालले नजोडिँदा यहाँका स्थानीयवासी व्यवसायी रुपमा  कृषि उत्पादनमा  लाग्न सकेका थिएनन् ।

जलविरे–चण्डिभञ्ज्याङ कृषि सडकअन्तर्गत चण्डिभञ्ज्याङबाट तल्लो ढुंगेसम्म तीन किलोमिटर नयाँ ट्र्याक खोलिएको छ । 

उक्त गाउँमा मोटरबाटो पुर्‍याउनका लागि वाग्मती प्रदेश सरकारले ससर्त अनुदानबाट रू. २५ लाख विनियोजन गरेको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्