ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल ब्यालेन्स फण्ड - २ सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ असोज, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे तीन घण्टाको अवधिमा पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये नबिल ब्यालेन्स फण्ड- २, एनएमबि फिप्टी,ग्लोबल आइएमई समुन्नत स्किम -१, सिद्धार्थ इक्विटी फण्ड र नेशनल हाइड्रोपावरको शेयरमा उच्च खरीद माग रहेको छ । 

ती पाँच ओटा धितोपत्रमध्ये नबिल ब्यालेन्स फण्ड - २ को ६ लाख २८ हजार ३०० इकाई खरीद माग रहेको छ । 

त्यसैगरी एनएमबि फिप्टीको ३ लाख ५६ हजार ६०० इकाई, ग्लोबल आइएमई समुन्नत स्किम - १ को ३ लाख ४८ हजार २०० इकाई, सिद्धार्थ इक्विटी फण्डको ३ लाख १७ हजार ९०० इकाई र नेशनल हाइड्रोपावरको २ लाख ९८ हजार ९१५ कित्ता शेयर माग रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्