ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार, कुलमान घिसिङलाई काम गर्न बाटो खुला

२०७८ असोज, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ५, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो आदेशपछि घिसिङलाई काम गर्न बाटो खुलेको छ ।

सरकारले गत साउन २७ गते प्राधिकरणका तत्कालिन निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । शाक्यले आफूलाई हटाउने निर्णय गैरकानूनी भएको दाबी गर्दै गत साउन ३२ गते मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्