ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

 १३३० जनामा कोरोना संक्रमण पुष्टि, १८३० जना संक्रमणमुक्त

२०७८ असोज, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा देशभर १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार  सो अवधिमा मुलुकभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पीसीआर  तथा एन्टीजेन परीक्षणमा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ९ हजार ६२६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३६ र ३ हजार ९९६ जनाको एन्टीजेन परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको हो। 

उक्त अवधिमा मुलुकभर १ हजार ८३० जना संक्रमित संक्रमणमुक्त भएका छन्। सो अवधिमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

हाल मुलुकभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ। तीमध्ये २० हजार १६४ होम आईसोलेशनमा छन् भने संस्थागत आईसोलेशनमा १ हजार ३६० जना संक्रमित रहेका छन् ।

हाल ३३५ जना आईसीयूमा र १०७ जनाको भेन्टिलेटरमा  उपचार भइहेको छ। त्यसैगरी, उक्त अवधिमा मुलुकभर  ५५ हजार २४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्