ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साहस ऊर्जाको आईपीओ बुधवारदेखि विक्रीमा  

२०७८ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ५, काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधवारदेखि सर्वसाधारणका लागि साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १००रुपैयाँ अंकति मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।  कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ ।     
     
 कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ हुने विवरण सार्वजनिक गरेको छ ।     
     
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले बताएको छ ।     
     
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ५० करोडको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले हुने ३ करोड ५० लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् १ करोड ५ लाख कित्ता सार्वजनिक निष्कासनका निमित्त छुट्याएको थियो ।

सोअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्कासन गरिएको थियो जसको बाँडफाँटसमेत भइसकेको छ ।  

प्रतिक्रिया [1]
User Image

Ramram

[Sep 21, 2021 03:19pm]

Project kahile banxa ? Bidhut utpadan kahile suru hunxa ? Tysai hawa ko tal ma ipo bechne ? Dasai ramrai sanga manbe vo.


प्रतिक्रिया दिनुहोस्