ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एकसिँगे गैंडा संरक्षणमा चुनौती

२०७८ असोज, ६  
प्रदेश ०५
NA

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपोन्मुख एकसिँगे गैंडा संरक्षणमा चुनौती देखिएको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैंडा संरक्षणमा पर्न थालेको छ । गैंडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाँगिदै गएकाले आहाराको समस्या चुनौतीको रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैंडाले वासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैंडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घोल आवश्यक पर्छ । कर्णाली–गेरुवा नदीमा पानीको मात्रा घटेकाले गैंडाका वासस्थानमा पानीको समस्या छ ।

सन् २०१५ को अनुगमनबाट चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाटामा आठ र पर्सामा तीन गरी ६४५ एकसिँगे गैंडा छन् । सन् २०१७ र २०१८ मा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियामा आठ गैंडा स्थानान्तरण गरिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले गैंडा गणना गर्न १ करोड १० लाख लागत अनुमान गरिएको बताए । प्रत्येक चार÷पाँच वर्षमा गरिने गैंडा गणना गतवर्ष कोभिड महामारीका कारण रोकिएको थियो । निकुञ्जमा प्रत्यक्ष विधिबाट गैंडा गणना गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्