ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बाली बीमा सम्बन्धी अभिमुखीकरण

२०७८ असोज, ६  
कर्णाली प्रदेश
NA

वीरेन्द्रनगर (अस) । सुर्खेतको लेकबेँसी नगरपालिकाका  किसानलाई बाली बीमा सम्बन्धी अभिमुखीकरण गरिएको छ ।  हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा साना किसान कृषि सहकारी संस्था लिमिटेड साटाखानीको आयोजनामा  लेकबेँसी नगरपालिका–९ मा व्यावसायिक कृषि  गरिरहेका किसानलाई अभिमुखीकरण गरिएको हो ।

व्यावसायिक रूपमा कृषि गर्दै आए पनि बाली र पशु बीमाबारे किसानलाई जानकारी नभएकाले उनीहरूलाई अभिमुखीकरण गरिएको सहकारीका प्रबन्धक हरि पौडेलले बताए । तालीममा केराखेती, बंगुरपालन, ड्रागन पु्रmट खेती, तरकारीखेती, भैंसीपालन लगायत व्यवसायमा आबद्ध ४० जना किसान सहभागी थिए । तालीमको सहजीकरण हेल्भेटास नेपाल इन इलम परियोजनाका व्यवसाय विकास अधिकृत टेकबहादुर सिंह र एभरेष्ट इन्स्योरेन्सका प्रतिनिधि गणेश वलीले गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्