ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आकाशियो तरकारीको भाउ

२०७८ असोज, ६  
१० वर्ष अघि
NA

तरकारीको भाउ सुन्दा जिब्रो टोक्नुपर्ने बेला भएको छ । उब्जनी नै कम भएर हो कि बजारमा त्यति तरकारी नै देखिँदैन । यो भनाइ हो बानेश्वर शंखमूलमा तरकारी किन्दै गरेकी एक गृहणीको ।

हुन पनि एक किलो बोडीको रू. १००, करेलन रू. ६०, भिन्डी पाउको रू. २०, बन्दा किलोको रू. ३०–३५ पर्न थालेपछि सर्वसाधारण उपभोक्ताले जिब्रो टोक्नु स्वाभाविकै हो । अब झनै कति महँगो हुने हो भन्न गाह्रो छ ।

चामल र तरकारी साँझबिहान धेरै चाहिने र तिनको मूल्य बढ्दै जान थालेपछि आमउपभोक्ता छटपटिन लागेका छन् । तेल, दाल, चिनी थोरैले पनि पुर्‍याउन सकिने तर तरकारी सस्तोमा किनेर थन्काउन नमिल्ने बढीमा २/३ दिन राख्न मिल्ने हुनाले जेजस्तो भाउमा पनि उपभोक्ता किन्न बाध्य हुन्छन् ।

उपभोक्ताले खुद्रा मूल्य सुन्दा अचम्म मानेझैं शंखमूलमा तरकारी बिक्री गर्दै गरेकी एक महिला भन्छिन्, ‘के गर्नु कालिमाटीमै महँगो छ । ८–९ हजार रुपैयाँ लिएर गयो २/४ ढकका दरले ४/५थरी तरकारी किन्दा नै सकिन्छ । २/४ पैसा नाफा लिएर बेच्ने हो ।’

यस्तो भनाइ शहरबजारका थोक, खुद्रा व्यापारी र उपभोक्ताका मुखबाट यत्रतत्र सुन्न पाइन्छ । थोक व्यापारीहरूले मालै नआएको र उतै महँगोमा किन्नु परेकाले भाउ बढेको बताउँछन् । वर्षाको बेला तरकारी उत्पादन पनि कम हुन्छ । खेतमा धान छ । तराईमा वर्षायाममा त्यति तरकारी हुँदैन ।

वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्