ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

इटहरीमा फुड बैंक स्थापना गरिँदै

२०७८ असोज, ७  
प्रदेश ०१
NA

सुनसरी (अस) । विपद् तथा संकट परेको समयमा तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराउन इटहरीमा फुड बैंकका स्थापना गरिने भएको छ । इटहरी उपमहानगरपालिका–१० डुमाटोकामा १ करोड ८० लाख रुपैयाँ लागतमा फुड बैंकको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । सोमवार एक कार्यक्रममा  इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र ग्लोबल सर्भिस टिम मल्टिपल डिस्ट्रिक कोअर्डिनेटर अनन्तप्रसाद भेटवालले संयुक्त रूपमा फुड बैंक भवनको शिलान्यास गरेका हुन् ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय २१ लायन्स क्लब तथा लियो क्लबहरूको सक्रियतामा भवन बनाउन लागिएको हो । विपत्तिका बेला खाद्य संकट हुन नदिन फुड बैंक स्थापना गर्न लागिएको कार्यक्रमका अध्यक्ष भविन खड्काले बताए । फुड बैंक स्थापनापछि आवश्यक परेकोमा समयमा खाद्यान्न जुटाउन सहज हुनेमा अपेक्षा उनले गरे । इटहरी उपमहानगर प्रमुख चौधरीले भावी संकटलाई ध्यानमा राख्दै इटहरीमा फुड बैंक स्थापना हुनु इटहरीका लागि गौरवको विषय रहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्