ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

न्यून बिजकीकरणको समस्या समाधान गर्न प्लाई उद्योगीको माग

२०७८ असोज, ७  
प्रदेश ०१
Image Not Found

विराटनगर (अस) । प्लाइऊड उद्योगीहरूले काठको न्यून बिजकीकरणको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । न्यून बिजकीकरणका कारण व्यापारीहरूले मार खेप्नुपरेको तथा लेखा राख्न समेत समस्या भइरहेको सम्बद्ध उद्योगीहरूले बताएका छन् ।

काठको चलनचल्तीको बजार मूल्य बढी रहे पनि सरकारले निर्धारण गरेको दररेट त्योभन्दा कम रहेकाले समस्या भएको उद्योगीहरूको भनाइ छ । मंगलवार मोरङको सुन्दरहरैंचामा आयोजित पूर्वाञ्चल प्लाईऊड संघको चौथो साधारणसभा तथा दोस्रो महाधिवेशन कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष सीताराम अग्रवालले न्यून बिजकीकरणको समस्या समाधान गर्न सरकारका सम्बन्धित निकायहरूसँग आफूहरूले समन्वय गरिरहेको बताए । संघका संस्थापक अध्यक्ष देवानन्द सरावगीले प्लाइऊड उद्योगलाई प्रोत्साहनका लागि राज्यले विशेष ध्यान दिनुपर्ने माग गरे ।

पछिल्लो समय नेपाल प्लाईऊडको उत्पादनमा पूर्णरूपमा आत्मनिर्भर रहेको बताए । सरावगीले नेपालमा वर्षेनि झन्डै १५ अर्ब रुपैयाँ बराबरको प्लाई उत्पादन हुने गरेको र यस क्षेत्रमा ५० हजार जनाले रोजगारी पाएको बताए । नेपाली उद्योगले वर्षेनि सवा करोड सीएफटी नरम खालको काठ खपत गर्ने गरेको उल्लेख गर्दै उनले प्लाई उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न वृक्षरोपण समेट बढाउँदै लैजानुपर्नेमा जोड दिए । प्रदेश एकका कार्यवाहक अध्यक्ष रमेश आचार्यले आयात हुने प्लाईमा ट्याक्स बढाएर भए पनि नेपाली उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने माग गरे ।

कार्यक्रममा संघको नयाँ कार्यसमिति समेत चयन भएको छ । संघको दोस्रो महाधिवेशनबाट सीताराम अग्रवालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा विष्णु माधोगढिया, महासचिवमा दुर्गा भण्डारी, सचिवमा टंकनाथ गौतम र कोषाध्यक्षमा दिवाकर राठी चयन भएका छन् । यसैगरी भूमिका भण्डारी, जयलाल रौनियार, निकेश राठी र खेम पोखरेल सदस्यमा निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीको कार्यकाल २ वर्षको हुने बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्