ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चिया र कफीको ब्रान्डिङ रोकियो

२०७८ असोज, ७  
१० वर्ष अघि
NA

नेपाली चिया र कफीको ब्रान्डिङ यो वर्ष पनि नहुने भएको छ । चियाको ब्रान्डिङमा नयाँ विवाद उत्पन्न भएको छ । कफीको बारेमा भने उद्योग विभागले राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई नयाँ प्रस्ताव पेस गर्न भनेपछि यसै आवभित्र दुवैको ब्रान्डिङ नहुने भएको हो । अन्तर्राष्ट्रिय मार्केटिङका लागि चियालाई ‘नेपाल चिया’ र कफीलाई ‘नेपाल कफी’ का रूपमा ब्रान्डिङ गर्ने घोषणा यस आवको बजेटमार्फत गरिएको थियो ।

२०६७ वैशाख २७ मा उद्योग विभागले नयाँ कलेक्टिभ मार्क (समूह चिन्ह) दर्तासम्बन्धी निर्देशिका २०६७ जारी गरेको छ । नेपाल चियालाई यो निर्देशिकाअनुसार पुनः दर्ता गर्नुपर्ने हुन्छ । ‘यसो नगरेमा चियाको ट्रेडमार्क समेत खारेज हुनसक्छ ।’ उद्योग विभाग ट्रेडमार्क शाखाका अधिकृत चित्रांगत बरालले बताए । बोर्डले २०६६ असारमा कफीको ब्रान्डिङका लागि उद्योग विभागमा प्रस्ताव पेश गरेको थियो । तर, विभागले कलेक्टिभ मार्क समूहले दर्तासम्बन्धी नियमावली अनुसारका बुँदा समावेश गराई नयाँ प्रस्ताव पेस गर्न बोर्डलाई अनुरोध गरेको हो ।

चियाको पहिले नै ट्रेडमार्क लिइसकिएको र कफीका लागि फाइल पेस गरिसकेको बोर्डका निदेृशक विनयकुमार मिश्र बताउँछन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०५८ सालमा प्याटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार नेपाल चियाको ट्रेडमार्क लिएको थियो । बोर्डले दुवै सरकारी निकाय भएकाले समन्वय गरेर अघि बढ्ने बताएको छ । नेपालबाट वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको चिया र करिब रू. १० करोड जतिको कफी निर्यात हुँदै आएको छ ।

अंक ३९, २०६७, जेठ १७–२३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्