ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

१७ % बोनस शेयर प्रस्तावपछि सानिमा बैंकको शेयरमा लगानीकर्ताको आकर्षण

२०७८ असोज, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको आधा घण्टाको अवधिमा सानिमा बैंकको शेयर कारोबार सर्वाधिक भएको छ । 

सो अवधिमा कम्पनीको रू. ११ करोड ९७ लाख ९३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीले  शेयरधनीलाई गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४५ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको हो ।

लाभांश घोषणा गरेसँगै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा  कम्पनीको शेयर खरीद माग १ लाख २० हजार २८६ कित्ता रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्