ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

माछापुच्छ्रे बैंकसहित ५ ओटा धितोपत्रमा खरीद माग उच्च

२०७८ असोज, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको सवा एक घण्टाको अवधिमा माछापुच्छ्रे बैंकसहित ५ ओटा धितोपत्रको शेयरमा खरीद माग उच्च रहेको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २१७ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको शेयरमा उच्च खरीद माग रहेको छ । माछापुच्छ्रे बैंक,नेशनल हाइड्रोपावर,मेगा बैंक,सानिमा इक्विटी फण्ड र ग्लोबल आइएमई समुन्नत स्किम - १ को इकाईमा सर्वाधिक खरीद माग रहेको छ ।

 ती पाँच ओटामध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्किम - १ को ४ लाख ३ हजार ५०० इकाई खरीद माग रहेको छ ।

 त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको शेयरमा २ लाख ४ हजार ७८६ कित्ता,सानिमा इक्विटीको १ लाख ९१ हजार १० इकाई,माछापुच्छ्रे  बैंकको १ लाख ८८ हजार ५५ कित्ता र मेगा बैंकको शेयरमा १ लाख ५५ हजार २२३ कित्ता शेयर खरीद माग रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्