ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कारोबारको दोस्रो दिन मैलुङ खोला जलविद्युतको शेयरमूल्य ४.०२ % ले बढ्यो

२०७८ असोज, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य बुधवारको तुलनामा   ४ दशमलव ०२ प्रतिशत बढेको छ । 

कम्पनीको यो कारोबार दोस्रो बजारमा दोस्रो दिन हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १९४ पुगेको छ । यस दिन कम्पनीको ४३ कित्ता शेयर खरीदविक्री भएको छ । 

बुधवार कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. १८६ दशमलव ५० मा खुला भएको थियो । गत मंगलवार उक्त कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि शेयरमूल्य रू. ९५ दशमलव ७५ देखि २८७ दशमलव २५ तोकेको थियो । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३६ हजार २८६ कित्ता,उद्योग प्रभावित  क्षेत्रका बासिन्दाको ३ लाख ६८ हजार १४४ कित्ता र कम्पनीका संस्थापकहरुको २५ लाख ७७ हजार कित्ता गरेर कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियोे । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्