ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेप्से परिसूचक २८१९.६६ विन्दुमा, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

२०७८ असोज, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ७० अंक अर्थात् शून्य दशमलव १० प्रतिशतले बढेको छ । 

यो दिने नेप्से परिसूचक २ हजार ८१९ दशमलव ६६ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रहरुको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयरको ८७ हजार ८१० पटकमा रू.७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २२८ ओटा धितोपत्रहरु मध्ये मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएको  छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३१७ दशमलव २० पुगेको छ । 

त्यसैगरी दोस्रोमा प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव १३ प्रतिशतले वृद्धि भएर रू. ९०० पुगेको छ । त्यसैगरी शेयरमूल्य घट्नेमा सबैभन्दा धेरै हिमालयन पावर पार्टन रहेको छ । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव शून्य ९ प्रतिशतले घटेको छ । कम्नपीको शेयरमूल्य प्रतिकित्ता रू.५४१ मा झरेको हो । 

दोस्रोमा युनियन हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव शूनय ५ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक मध्ये बैंकिङ समूहको परिसूचक २ दशमलव ४७ प्रतिशतले बढेको छ ।

बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बैंकिङ समूहमा परेको हो । यसअघि नै माछापुच्छ्रे बैंक र सानिमा बैंकले लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । 

त्यस्तै यो दिन  वित्त समूहको परिसूचक शून्य दशमलव ३१ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।सबैभन्दा बढी होटल एण्ड टुरिजमको परिसूचक २ दशमलव ८६ प्रतिशतले घटेको छ । 

त्यसैगरी व्यापार समूहको १ लदशमलव ४१ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ५२ प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव २४ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ७३ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २ प्रतिशत,अन्य समूहको १ दशमलव २ प्रतिशतले घटेको छ । 

त्यस्तै माइक्रोफाइनान्स समूहको शून्य दशमलव ८८ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ३२ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ३८ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव २ प्रतिशत घटेको छ । 

यो दिन सर्वाधिक शेयर खरीदविक्री भने सानिमा बैंकको भएको छ । उक्त कम्पनीको रू. ३४ करोड १५ लाख ८३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीले शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेसँगै कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । 

दोस्रोमा नेपाल बैंकको रू. २७ करोड १० लाख ७७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । बजार खुलेको केही मिनेटमा बजार ५० अंक जति बढेको थियो । पुन : क्रेताभन्दा विक्रेत हाबी भएसँगै बजार तल आएको हो ।

 त्यसो त अब लाभांश प्रस्ताव गर्ने सिजन पनि शुरु भएको छ । लगानीकर्ताले विगतमा राम्रो लाभांश दिंदै आएका र राम्रो आधारभुत पक्ष भएका कम्पनीहरुमा लगानी गरेमा अल्पकालीनभन्दा पनि दिर्घकालमा राम्रो प्रतिफल प्राप्त गर्न सक्ने देखिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्