ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२ हजार क्विन्टल चामल विक्री वितरणमा रोक

२०७८ असोज, ८  
कर्णाली प्रदेश
NA

वीरेन्द्रनगर (अस) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा राखिएको करीब २ हजार क्विन्टल चामल विक्री वितरणमा रोक लगाइएको छ । कम्पनीको गोदाममा राखिएको १ हजार ९७५ क्विन्टल बासमती चामल बेच्न रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए ।

जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले असोज ६ गते  कम्पनीको वीरेन्द्रनगर–६ सुर्खेतमामा रहेको प्रादेशिक गोदाममा अनुगमन गरी उक्त परिमाणको चामल विक्रीमा रोक लगाएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेचबिखनमा रोक लगाई नष्ट गर्न सुझाव दिएको चामल कर्णालीमा पठाइएको  समाचार  सार्वजनिक  भएपछि  अनुगमन गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख थापाले बताए । चामलको गुणस्तरबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्राचार गरेको जानकारी उनले दिए ।

साउन १५ यता कम्पनीमा करीब २ हजार क्विन्टल चामल मात्रै आएको कम्पनीका लेखा सहायक विनोद पौडेलले बताए । आफूहरूले समेत उक्त चामल नियमित उपभोग गरिरहेको उनको भनाइ छ । उनका अनुसार कौशल एग्रो राइस मिल, लहानले २०७७ कात्तिक १६ मा उक्त चामल प्याकेजिङ गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्