ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन

२०७८ असोज, ८  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकाले निर्माण गरेका भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन गरिएको छ । प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका पदाधिकारीको टोलीले हालै कैलाली र कञ्चनपुरमा तटबन्ध तथा सडक निर्माणको अनुगमन गरेको हो ।    

कैलालीको कान्द्रा नदीमा निर्माण गरिएको तटबन्ध, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ र वेदकोट नगरपालिका–१ राधा नदीमा निर्माण गरिएको तटबन्धको अनुगमन गरिएको समितिका सदस्य महेशदत्त जोशीले बताए । कैलालीमा निर्माण गरिएको पक्की सडकको काम सन्तोषजनक नरहेको पाइएको उनको भनाइ छ ।

‘टेण्डर प्रक्रिया गरिएकोमा समस्या छैन,’ उनले भने, ‘कोटेशनबाट गरिएकामा समस्या देखिएको छ ।’ कोटेशनबाट गरिने काम आगामी आवदेखि उपभोक्ता समितिलाई दिनुपर्ने उनले बताए । तटबन्ध र सडक निर्माणका काममा स्थानिय बासिन्दाको समेत गुनासो रहेको पाइएको टोलीमा सहभागीको भनाइ छ । टोलीले स्थलगत अनुगमन गरेका भौतिक पूर्वाधार र विकास निर्माण सम्बन्धी कार्यको प्रतिवेदन प्रदेश सरकारलाई बुझाउने बताइएको छ । ‘अनुगमनका क्रममा देखिएका त्रुटि र गुणस्तरहीन कार्यबारे प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउँछौं,’ टोलीका एक सदस्यले भने । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्