ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हेटौंडामा नेपाल–बंगलादेश बैंककोे विस्तारित सेवा केन्द्र

२०७८ असोज, ८  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल–बंगलादेश बैंकले मकवानपुरको हेटौंडा उपमहानगर– ९ स्थित हेटौंडा सिमेन्ट उद्योग  हाताभित्र विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको उद्घाटन हेटौंडा उपमहानगर– ९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले गरे ।

हेटौंडा उपमहानगरमा खोलिएको विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै वडा–९, १२, १३ तथा १४ मा वित्तीय पहुँच पु¥याई हरेक नेपालीको एक बैंक खाता खोल्ने सरकारको नीतिलाई सघाउ पु¥याउने बैंकले बताएको छ । विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत सरकारबाट बैंकिङ प्रणालीमार्फत उपलब्ध सबै सेवा प्रदान गरिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्