ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भन्सार कार्यालय विराटनगरद्वारा ४० अर्ब राजस्व संकलन

२०७८ असोज, ८  
प्रदेश ०१
NA

विराटनगर (अस) । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल रू. ४० अर्ब ८ करोड १९ लाख १३ हजार राजस्व संकलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ । सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा रू. १२ अर्ब ४५ करोड ५५ लाख ८४ हजार बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताए । उनका अनुसार अघिल्लो आवमा कुल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजस्व संकलन भएको थियो ।

कार्यालयले चालू आर्थिक वर्षको दुई महीना साउन र भदौमा कुल ७ अर्ब २१ करोड ९४ लाख ११ हजार राजस्व संकलन गरेको छ । सो राजस्व साउन महीनामा रू. ३ अर्ब ३४ करोड ९६ लाख ९८ र भदौमा रू. ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार संकलन भएको हो । यी दुई महीनामा कार्यालयले साउनमा ११५ दशमलव ८२ प्रतिशत र भदौमा १०० दशमलव १३ प्रतिशत प्रगति गरेको भन्सार अधिकृत प्रकाश भट्टराईले जानकारी दिए ।

गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापारिक कारोबार ठप्प हुनु, आयात निर्यात नहुनुले पनि गत आवमा लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्सार प्रमुख भण्डारीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्